२० असार, काठमाडौं । पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष चन्द्रबहादुर (सीबी) लामाविरुद्ध प्रहरीले ठगी मुद्दा नचलाउने भएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामाविरुद्ध परेको जाहेरी र फाइल समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई बुझाउने तयारी गरेको छ ।
सहकारी अध्यक्ष लामा भने कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको ठगीमा पुर्पक्षका लागि थुनामा छन् । प्रहरी वृत्त बानेश्वरले उक्त सहकारीका अध्यक्ष हिमालयनविक्रम मल्ल ठकुरी सहित प्रबन्धक प्रेमध्वज लामा, पूर्वअध्यक्ष सीबी लामा समेतलाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदाततमा मुद्दा लगिसकेको छ ।



