कर्जा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव, शेयर धितो कर्जाको क्याप हटाउन माग


  • Himalayan Bank Limited (HBL)
कर्जा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई सुझाव, शेयर धितो कर्जाको क्याप हटाउन माग

नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीति कर्जा विस्तार बढाउने गरी खुकुलो बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन्। केन्द्रीय बैंकले बिहीबार मौद्रिक नीतिका तर्जुमाको लागि आयोजना गरेको अन्तरक्रीया कार्यक्रममा सहभागिहरुले यस्तो सुझाव दिएका हुन्।

राष्ट्र बैंकले निजी क्षेत्रका व्यवसायी, बैंकर र अन्य सरोकारवालालाई समेत बोलाएर मौद्रिक नीति तर्जुमाको लागि छलफल गरेको थियो। सो छलफलमा व्यवसायीहरुले राष्ट्र बैंकले आगामी वर्ष अर्थतन्त्र चलायमान बनाउने गरी खुकुलो मौद्रिक नीति ल्याउनुपर्ने सुझाव दिएका छन्।

राष्ट्र बैंकले कर्जामा गरेको कडाइले गर्दा अर्थतन्त्रमा समेत असर गरेको भन्दै व्यवसायीहरुले कर्जा लगानी बढ्ने गरी मौद्रिक नीति तर्जुमा गर्नुपर्ने धारणा राखेका हुन्।

Read More