बेनी : म्याग्दी स्थित संघीय र प्रदेश सरकार मातहतका कार्यालयहरूले चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म ९ करोड १२ लाख ३७ हजार ६८५ रुपैयाँ राजस्व संकलन गरेका छन्।
संघीय कार्यालयले ६ करोड ९९ लाख ६७ हजार ९३९ र प्रदेश कार्यालयले २ करोड १२ लाख ६९ हजार ७४६ राजस्व संकलन गरेका कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयले मदिरा तथा सुर्तिजन्य पदार्थको इजाजतपत्र जारी र नवीकरण वापत चालु आर्थिक वर्षमा ३० लाख १९ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ।



