बैंकसम्म पुग्यो सुनमा जर्तीको विवाद, सदस्यता बिना व्यवसाय गर्न नपाउने नजिर बन्ने खतरा


  • Himalayan Bank Limited (HBL)
बैंकसम्म पुग्यो सुनमा जर्तीको विवाद, सदस्यता बिना व्यवसाय गर्न नपाउने नजिर बन्ने खतरा

सुनचाँदी व्यवसायी बीच उत्कर्षमा पुगेको सुनको गहनामा जर्तीको विवाद अन्ततः बैंकसम्म पुगेको छ। कोटा प्रणाली अन्तर्गत आयात भएको तर बिक्री नभएको सुन श्री रिद्धि सिद्धि ज्वेलर्सले खरिद गर्न नपाएपछि यस्तो विवाद बैंकसम्म पुगेको हो। 

वाणिज्य बैंकले नेपाल रत्न तथा आभूषण संघले पठाएको पत्र देखाएर रिद्धि सिद्धि ज्वेलर्सलाई सुन दिन नमिल्ने जवाफ दिएपछि विवाद झन सतहमा आइपुगेको छ । संघले सिफारिस र बिना सिफारिसको सुन श्री रिद्धि सिद्धि ज्वेलर्सलाई नदिन भन्दै गत असार १३ गते सबै  वाणिज्य बैंकलाई बोधार्थ दिंदै नेपाल बैंकर्स संघलाई पत्राचार गरेको थियो। 

Read More