काठमाडौं : विश्वका ठूला सेयर बजारहरु निरन्तर वृद्धि यात्रामा देखिएका छन् । बुधबार अमेरिकी सेयर बजार पनि अल टाइम हाई विन्दुमा बन्द भयो भने बिहीबार ताइवान र जापानको सेयर बजार पनि अल टाइम हाई विन्दुमा पुगेको छ । अमेरिकाको प्रमुख सेयर बजार सूचक ‘एस एन्ड पी ५००’ बुधबार ०.५१% ले बढेर ५,५३७ विन्दुमा पुगेको सीएनबीसीले उल्लेख गरेको छ ।
यता, अर्को सूचक ‘नास्ड्याक कम्पोजिट’ पनि ०.८८% ले बढेर १८,१८८ विन्दुमा बन्द भएको हो । यी दुवै सूचक आल टाइम हाई विन्दुमा पुगेको सीएनबीसीले लेखेको छ । विशेषगरी, प्रविधि कम्पनीहरु टेस्ला र एनभिडियाको सेयर भाउमा उछाल आएपछि सेयर बजार पनि अल टाइम हाई विन्दुमा पुगेकोे हो ।



