काठमाडौं । आउँदो बिहीबारदेखि प्राथमिक सेयर निष्कासन गर्न लागिएको रिलायन्स स्पिनिङ मिल्सको अडिट रिपोर्टमा नै आशंका व्यक्त भएको छ । अहिलेसम्मकै सबैभन्दा महँगो आईपीओका रूपमा रहेको रिलायन्स स्पिनिङ मिल्सको अडिटप्रति अग्रणी लगानीकर्ताले आशंका व्यक्त गरेका हुन् ।
९६ पैसा आम्दानी रहेको सेयरको मूल्य ८ सय २० रुपैयाँ
रिलायन्सले बुक बिल्डिङ विधिबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो । नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्षहरूले आईपीओ जारी गर्न कम्पनीले पेस गरेका तथ्यांकहरू गलत र यथार्थपरक नरहेको भन्दै उजुरी दिएका छन् ।



