साढे सात अर्बको अलैँची निर्यात


  • Himalayan Bank Limited (HBL)
साढे सात अर्बको अलैँची निर्यात

काठमाडौँ, असार २० गते । चालु आर्थिक वर्षको ११ महिनामा सात अर्ब ४७ करोड ६५ लाख ३६ हजार रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म सात अर्ब ४७ करोड रुपियाँ बराबरको ११ हजार ७९९ मेट्रिक टन अलैँची निर्यात भएका छन् । गत वर्षको सो अवधिमा सात अर्ब ७० करोड २१ लाख ८६ हजार रुपियाँ बराबरको १५ हजार ६४४ मेट्रिक टन अलैँची निर्यात भएको थियो । 

अधिकांश वस्तुको जस्तै अलैँचीको निर्यातमा समेत कमी आएको छ । गत वर्षको तुलनामा यस अलैँची निर्यातमा वर्ष २३ करोड रुपियाँ वर्ष २३ करोड रुपियाँ बराबरको कमी आएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

Read More