कृषि बीमाको १ अर्ब भुक्तानी हुँदै, थप ९१ करोड रकमान्तर गर्न अर्थलाई ताकेता


  • Himalayan Bank Limited (HBL)
कृषि बीमाको १ अर्ब भुक्तानी हुँदै, थप ९१ करोड रकमान्तर गर्न अर्थलाई ताकेता

सरकारले कृषि बीमा अनुदान बापतको करिब २ अर्ब रुपैयाँ बीमा कम्पनीहरुलाई भुक्तानी गर्न तयारी शुरु गरेको छ । बीमा कम्पनीहरुलाई भुक्तानीका लागि अर्थ मन्त्रालयले केहि साताअघि मात्र ९८ करोड रुपैयाँ रकमान्तर गर्न स्वीकृती दिएको थियो । 

अर्थले उक्त रकम रकमान्तर स्वीकृती दिएर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई पठाएको थियो । र, कृषि बीमा व्यवस्थापन कोषमा रहेको करिब ३ करोड गरी कुल १ अर्ब ६८ लाख रुपैयाँ मन्त्रालयले बीमा कम्पनीहरुलाई भुक्तानी दिने निर्णय गरेको छ । जसका लागि रकमान्तर भएर आएको ९८ करोड रुपैयाँ पनि कोषको खातामा पठाइसकेको मन्त्रालयका प्रवक्ता डा. हरि बहादूर केसीले बताए ।

Read More