बैंकहरुको साढे २ खर्ब निक्षेप राष्ट्र बैंकमा, बैंकहरुसँग साढे ६ खर्ब बढीको लगानीयोग्य रकम


  • Himalayan Bank Limited (HBL)
बैंकहरुको साढे २ खर्ब निक्षेप राष्ट्र बैंकमा, बैंकहरुसँग साढे ६ खर्ब बढीको लगानीयोग्य रकम

बैंकहरुको करिब साढे २ खर्ब लगानीयोग्य रकम राष्ट्र बैंकमा थुप्रिएकाे छ। बजारमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले बैंकहरुबाट साढे २ खर्ब खिचेको हो।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि बैंकहरु पनि सस्तो ब्याजदरमा नै केन्द्रीय बैंकमा पैसा राख्न बाध्य भएका छन्। निक्षेप बढीरहने तर कर्जा लगानी गर्न नसक्ने अवस्थाका कारण बैंकहरुमा तरलता थुप्रिदै गएको छ। बैंकमै थुपारेर राख्दा बैंकहरुलाई उल्टै घाटा पर्ने भएकोले पनि उनीहरुले ३ प्रतिशत ब्याजमा नै राष्ट्र बैंकमा पैसा राखेका हुन्।

बुधबारसम्ममा २ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप बैंकहरुले राष्ट्र बैंकमा राखेका छन्। बुधबार पनि केन्द्रीय बैंकले थप ५० अर्ब निक्षेप तानेको छ। यसमा ५० अर्ब बिहीबार परिपक्क हुँदै छ।

यो साता मात्रै केन्द्रीय बैंकले ७० अर्ब तरलता बजारबाट प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी सो तरलता तान्न लागेको हो। अर्कोतर्फ बैंकहरुले आफै पनि स्थायी निक्षेप सुविधा उपयोग गरी केन्द्रीय बैंकमा पैसा राखिरहेका छन्। अहिले बैंकहरुले १ खर्ब २९ अर्ब रुपैयाँ स्थायी निक्षेप सुविधा उपयोग गरी राष्ट्र बैंकमा पैसा राखेका छन् भने निक्षेप संकलन उपकरणमार्फत ९० अर्ब रुपैयाँ केन्द्रीय बैंकले तानेको छ।

Read More