काठमाडौं । सहकारी संस्थाले समस्यामा परी नियमित किस्ता तिर्न नसकेका सदस्यहरूको ऋण ३ महीनाका लागि पुन: तालिकीकरण गर्न पाउने भएका छन् । संघीय सहकारी विभागले बुधवार निर्देशन जारी गर्दै कर्जा चुक्ता गर्न नसकेका ऋणीलाई संस्थाले उक्त सुविधा दिन पाउने व्यवस्था गरेको हो ।
निर्देशनअनुसार सदस्यहरूलाई परेको प्रभाव मूल्यांकन गरी माग, आवश्यकता र औचित्य समेतको आधारमा ३ महीनाका लागि पुन: तालिकीकरण गर्न सक्नेछन् । पुन: तालिकीकरणका लागि कर्जामा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गर्नुपर्नेछ । यो सुविधाका लागि गतवर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएको हुनुपर्ने शर्त तोकिएको छ ।



