असार २० गते बिहिबार, आषाढ कृष्णपक्ष त्रयोदशी तिथि
मेष
आज सन्चित धनको वृद्धि तथा धातु सम्बन्धि क्षेत्रका व्यक्तिले राम्रो लाभ गर्न सक्ने समय छ।
वृष
आज कामबाट मानसम्मान प्राप्त हुन सक्ने, स्थिर सम्पति जोड्न सक्ने र रहेको सम्पतिमा वृद्धि हुन सक्नेछ।
मिथुन
आज नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । नियमित खर्चसमेत बढ्ने योग छ।
कर्कट
आज तपाईंको आम्दानीमा वृद्धि तथा काममा सफलता मिल्न सक्नेछ।
सिंह
तपाईंलाई आज जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
कन्या
तपाईंको आज विना प्रयोजनको अनावश्यक यात्रा हुन सक्छ । आर्थिक तथा कामको क्षेत्र सामान्य रहन सक्नेछ।
तुला
तपाईंको आज अत्याधिक खर्च हुन सक्ने र स्वास्थ्यमा समस्या आउँन सक्छ।
वृश्चिक
तपाईंको आज कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ ।
धनु
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन्।
मकर
आज तपाईंको अनावश्यक काममा समय र धनको खर्च हुन सक्ने योग रहेको छ।
कुम्भ
आज दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
मीन
आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्।



