देशभरका विभिन्न २३ निर्माण व्यवसायीहरूको लाइसेन्स खारेज


  • Himalayan Bank Limited (HBL)
देशभरका विभिन्न २३ निर्माण व्यवसायीहरूको लाइसेन्स खारेज

काठमाडौँ । देशभरका विभिन्न २३ निर्माण व्यवसायीहरूको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ । सरकारी विभिन्न आयोजनाहरु समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीले आर्थिक वर्ष २०८०।०८१ का लागि २०८० चैत मसान्तसम्म आफ्नो इजाजतपत्र नवीकरण नगरेपछि उनीहरुको इजाजतपत्र स्वतः खारेज भएको हो ।

निर्माण व्यवसायी कम्पनीहरुमा हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी प्रालि,फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि, भूमि इन्फ्रास्ट्रक्चर प्रालि,र मदन कन्स्ट्रक्सन प्रालि, असन बालकुमारी कन्स्ट्रक्सन, ढोफिर्दी निर्माण सेवा, त्रिशूल निर्माण सेवा दि राइजिङ कन्स्ट्रक्सन, सिरोहिया कन्स्ट्रक्सनलगायतका २३ वटा कम्पनीहरु रहेका छन ।

Read More