१९ असार, काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा सवा दुई खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार यस अवधिमा कुल ३८३ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा ४९ वटा ठूला उद्योग, ५० वटा मझौला उद्योग र २८४ वटा साना उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । ती उद्योगमा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।



