सहकारी विभागले सहकारी संघसंस्थाको सञ्चालक हुने व्यवस्थालाई थप कडाइ गर्ने भएको छ ।
बुधबार सहकारी संघसंस्थालाई एक निर्देशन जारी गरी विभागले ३० दिनभित्र एकभन्दा बढी सहकारी संस्थाका सञ्चालक भए एक संस्थामा मात्रै सञ्चालक बसी अरुमा छोड्न निर्देशन दिएको छ ।
‘यदि कुनै व्यक्ति दुई वा सोभन्दा बढी संस्थाको सञ्चालक भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्नेछ’,सूचनामा भनिएको छ।


