पछिल्लो दुई आर्थिक वर्षदेखि प्लाइउड नेपालको प्रमुख निर्यात सामग्री बनेको छ।
प्लाइउड काठबाट बनाइएको सामग्री हो जुन काठको पातलो पानाहरू जोडेर बनाइएको हुन्छ। चालु वर्षमा प्लाइउड नेपालबाट धेरै निर्यात हुने वस्तुहरूमध्ये पाँचौं नम्बरमा छ।
७० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि हुने नेपाली वस्तुको सूचीमा भने पहिलो नम्बरमा भएको व्यवसायीहरूको भनाइ छ।



