दुर्गममा बढ्दै डिजिटल बैंकिङ


  • Himalayan Bank Limited (HBL)
दुर्गममा बढ्दै डिजिटल बैंकिङ

काठमाडौं : दूरदराजमा बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेका डिजिटल बैंकिङको पहुँच क्रमशः बढ्न थालेको छ। दुर्गम ठानिएका सुदूरपश्चिम, कर्णाली प्रदेशमा पनि लाखौंको संख्यामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ क्रेडिट कार्ड, डेबिट कार्डलगायतमा डिजिटल उपकरण प्रयोगकर्ता बढ्दै गएका छन्। यद्यपि डिजिटल बैंकिङ प्रविधिमा बागमती अगाडि र कर्णालीमा कम नै छ।

केन्द्रीय बैंकले हालसालै वित्तीय क्षेत्र स्थायित्व प्रतिवेदनमार्फत क्रमशः दुर्गममा डिजिटल बैंकिङ फैलिँदै गएको देखाएको छ। प्रतिवेदनअनुसार दुर्गम क्षेत्रमा पनि पुरुषमा ६ प्रतिशत र ४ प्रतिशत महिलाहरूले डिजिटल भुक्तानीको प्रयोग गरेका छन्। डिजिटल भुक्तानी प्रणालीमा उक्त प्रतिशतमा दुर्गम क्षेत्रमा पनि विस्तारै पहुँच पुगेकोलाई सकारात्मक ठान्नुपर्ने बताउँछन्, डिजिटलविज्ञ तथा पूर्वबैंकर सञ्जीव सुब्बा। राष्ट्र बैंकले डिजिटल कारोबारलाई फस्टाउन नीतिगत व्यवस्थामा कानुनी छलाङ मारेको उनको भनाइ छ। ‘केन्द्रीय बैंकदेखि, बैंक तथा वित्तीय संस्थालगायतले यसलाई धेरै बढावा दिएकाले पनि सहरी क्षेत्रमा राम्रै रूपान्तरण भएको छ। सहरी क्षेत्रमा पनि मध्यम वर्ग र यस माथिमा पहुँच पुगे पनि तल्लो वर्गमा भने अझै पहुँच पुगेको छैन,’ उनले अन्नपूर्णसँग भने। 

Read More