१९ असार, काठमाडौं । नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो एक वर्षयता मौद्रिक नीतिमात्र नभई केन्द्रीय बैंकको नियामकीय नीति पनि लचिलो बनाउँदै लगिरहेका छन् ।
आफ्नो पाँच वर्षे कार्यकालको अन्तिम मौद्रिक नीति ल्याउने तयारीमा रहेका गभर्नर अधिकारीको अबको नीति कस्तो होला ?
कर्जा विस्तार हुन नसकेको र बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जाको दबाबबीच गभर्नर अधिकारीले आफ्नो अन्तिम मौद्रिक नीतिमा अब कस्तो नीति लेलान् ? यसबारे समग्र मौद्रिक क्षेत्र कुरिरहेको छ ।



