१९ असार, काठमाडौं । कम्पनी रजिस्ट्रार कार्यालयको तथ्यांक अनुसार पब्लिकका रूपमा हाल २ हजार २४ कम्पनी दर्ता छन् । तर, धितोपत्र बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी जम्मा २ सय ७० छन् । सूचीकृत कम्पनीको संख्या जम्मा १३ प्रतिशत मात्रै हो ।
मर्ज तथा एक्विजिसनका कारण धितोपत्र बजारबाट हालसम्म १ सय ८० कम्पनी असूचीकृत भएका (डिलिस्टेड) छन् । कम्पनी रजिस्ट्रारको कार्यालयमा पनि ती कम्पनी निष्क्रिय भइसकेका छन् ।



