चितवन : असार १ गते पूर्वी चितवनको खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसल लुटपाट हुन्छ। राति साढे ८ बजे नम्बर नखुलेको मोटरसाइकलमा दुई व्यक्ति आउँछन्।
कालिका नगरपालिका–६ स्थित उक्त पसलभित्र व्यवस्थापक विजय विश्वकर्मा र पसलमा रहेका बापीधर गौतम हुन्छन्। मोटरसाइकलमा आएका व्यक्तिले खुकुरी देखाएर त्रसित बनाउँदै सुनचाँदी डकैती गर्छन्।
त्यसबेलासम्म वरिपरिका कसैले पनि घटनाबारे थाहा पाउँदैनन्। हरेक महिनाको १ गते खोलेसिमलको बजार बन्द हुने नियम छ। उनले त्यसदिन पसल खुलेका थिए। लुटेराले डर धाकधम्की त्रास देखाएर पसलको २ करोड १७ लाख ५४ हजार ४ सय १५ रुपैयाँ बराबरको सुनचाँदी र पिहराको गहना लुटेर लान्छन्। छिनभरमै पसल रित्तो हुन्छ। त्यसपछि सञ्चालकले हारगुहार गरेर प्रोपोगान्डा मच्चाउँछन्।



