बीमा दाबीमा डरलाग्दो खुलासा, सीआईबीले बचाइदियो सिद्धार्थ प्रिमियरको २ करोड


  • Himalayan Bank Limited (HBL)
बीमा दाबीमा डरलाग्दो खुलासा, सीआईबीले बचाइदियो सिद्धार्थ प्रिमियरको २ करोड

प्रहरीले समयमै गहन अनुसन्धान गरेका कारण सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा दाबीमा ठूलो रकम जोगिएको छ। 

बीमा दाबी रकम हत्याउनलाई आफ्नो पसलमा आफैं आगो लगाएको बारे जिल्ला प्रहरी कार्यलय चितवन र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रहस्योदघाटन गरेपछि  उक्त कम्पनीको बीमा दाबीवापतको करिब २ करोड २० लाख रुपैयाँ भुक्तानी हुनबाट जोगिएको छ ।

सुनचाँदी पसलका सञ्चालक बिनोद सुनारले आफ्नो पसलमा आगो लगाएर बीमाको रकम दाबी गरेको कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेस रहेको अनुसन्धानको क्रममा खुलेको छ।  निज सुनारले सुनचाँदी पसलको २ करोड २० लाख रुपैयाँ बराबरको बीमांक उक्त कम्पनीमा गराएका थिए ।

Read More