गठबन्धन संकटमा परेका बेला टेलिकम निर्देशक नियुक्तिमा कस्सियो सरकार


  • Himalayan Bank Limited (HBL)
गठबन्धन संकटमा परेका बेला टेलिकम निर्देशक नियुक्तिमा कस्सियो सरकार

काठमाडौँ — नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि दरखास्त खुला गरेको करिब एक महिनापछि सरकारले छनोट प्रक्रिया अघि बढाएको छ । तत्कालीन सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एमालेसँगै सञ्चारमन्त्री, प्रधानमन्त्री तथा मुख्यसचिवले आ-आफ्नै निकटका व्यक्तिलाई नेपाल टेलिकमको नेतृत्व सुम्पिन चाहेकाले प्रक्रिया ढिलो गरी अघि बढेको मन्त्रालयका जानकार अधिकारी बताउँछन् । 

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि दरखास्त स्वीकृत भएका १६ उम्मेदवारलाई मन्त्रालयले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ । असार २०, २१ र २२ गते विभिन्न समयमा मन्त्रालयमा उपस्थित भई प्रक्रियामा सामेल हुन मन्त्रालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो । उम्मेदवारहरूले मन्त्रालयमा गठित छनोट समितिसमक्ष उम्मेदवारहरूले प्रस्तुतीकरण र अन्तर्वार्ता दिनुपर्नेछ ।

Read More