काठमाडौं : जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अवैध रूपमा सुन पैठारी, बेचबिखन र भुक्तानीमा संलग्न चिनियाँ, भारतीय र बेल्जियम नागरिकसहित ६० जनाविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा ३६ जना नेपालीलाई प्रतिवादी बनाइएको छ। यो समूहले पटक–पटक गरी ३१ सय ९४ किलो ६६८ ग्राम सुन अवैधरुपमा पैठारी गरेको प्रहरी अनुसन्धानमा पाइएको छ। जसको प्रचलित बजार मूल्य ३० अर्बभन्दा बढी रहेको छ।



