बैंकमा केन्द्रीय ग्राहक पहिचान प्रणाली आगामी वर्षदेखि


  • Himalayan Bank Limited (HBL)
बैंकमा केन्द्रीय ग्राहक पहिचान प्रणाली आगामी वर्षदेखि

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ताको सूचना आदानप्रदान गर्ने केन्द्रीय ग्राहक पहिचान प्रणाली (सेन्ट्रलाइज्ड केवाईसी) आगामी वर्षदेखि कार्यान्वयनमा आउने भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिमा ग्राहक पहिचान प्रणाली निर्माण तथा कार्यान्वयनको घोषणा गरे पनि हालसम्म यसका लागि अध्ययन मात्र भएको छ । 

‘केन्द्रीय ग्राहक पहिचान प्रणाली स्थापना गर्न अध्ययन पूरा भएको छ,’ राष्ट्र बैंकका सहायक प्रवक्त डा. डिल्लीराम पोखरेलले भने, ‘यसमा सरोकारवालाको सुझाव लिएपछि अन्तिम रूप दिएर कार्यान्वयनमा लैजान्छौं ।’ 

Read More