काठमाडौँ । ६० किलो सुन तस्करीमा दुई मोबाइल भुक्तानी प्रदायक कम्पनी पेवेल नेपाल र सजिलो पे मार्फत ८० अर्ब ९६ करोड ५३ लाख ६६ हजार १ सय १५ रुपैयाँ दाबी गरिएको छ ।
मंगलबार काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा उक्त दुई कम्पनीबाट सुन तस्करीमा यो बराबरको रकम भुक्तानी भएको उल्लेखसहित बिगो र जरिवाना मागदाबी गरिएको हो ।



