रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न सेबोनबाट स्वीकृती पायो


  • Himalayan Bank Limited (HBL)
रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न सेबोनबाट स्वीकृती पायो

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । कम्पनीलाई बुक बिल्डिङ बिधीबाट ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासनका लागि स्वीकृती दिएको हो । अब कम्पनीले प्रतिकित्ता रू.८२० दशमलव  ८० का दरले हुन आउने रू.९४ करोड ८८ लाख ११ हजार ९६८ बराबरको आईपीओ निष्कासन गर्नेछ ।

नेपाल धितोपत्र बोर्डमा अध्यक्षको जिम्मेवारी सम्हालिरहेका अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार रानाको निर्णयबाट गत बुधबार अर्थात असार १२ गते कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।  

योग्य संस्थागत लगानीकर्तालाई बुक विल्डिङ विधिबाट आईपीओ बिक्री गरिसकेपछि कम्पनीले गत माघ २३ गते धितोपत्र बोर्डमा निवेदन दिँदै सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न अनुमति मागेको थियो ।  यसको मूल्य रू.६०८ देखि ९१२ सम्म प्रस्ताव गरिएको थियो । 

Read More