काठमाडौं : आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा उत्साह वृद्धि हुँदा ताइवानको सेयर बजार सन् २०२४ को पहिलो ६ महिनामा एसिया प्रशान्त क्षेत्रकै उत्कृष्ट प्रदर्शन गर्ने सेयर बजार बनेको छ । सन् २०२४ को हालसम्म ताइवानको सेयर बजार सूचक २८% भन्दा धेरैले वृद्धि भएको छ । उक्त वृद्धिमा एआई क्षेत्रका स्टकहरुको प्रमुख भूमिका रहेको सीएनबीसीले लेखेको छ ।
यसअवधिमा सबैभन्दा ठूलो सेमिकन्डक्टर उत्पादकमध्ये एक ‘ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेसन’ ६३% भन्दा धेरैले बढेको छ भने यसको प्रतिद्वन्द्वी ‘फक्सकन’ को सेयर भाउ १०५% भन्दा धेरैले बढेको छ । पछिल्लो समय विश्वभरको सेयर बजारलाई एआई र प्रविधि क्षेत्रका कम्पनीहरुले अघि बढाइरहेका छन् । सोही असर ताइवानमा पनि देखिएको हो ।



