उद्योग दर्ता संख्या बढ्यो,३५९ परियोजनाबाट ४४ अर्ब ३४ करोड लगानी प्रतिबद्धता


  • Himalayan Bank Limited (HBL)
उद्योग दर्ता संख्या बढ्यो,३५९ परियोजनाबाट ४४ अर्ब ३४ करोड लगानी प्रतिबद्धता

मुलुकमा उद्योग सञ्चालन हुने क्रम बढेको छ । उद्योग विभागका अनुसार साना तथा मझौला उद्योग दर्ता हुने क्रम बढेको हो । 

विभागका अनुसार चालू आर्थिक वर्ष २०८०/ ०८१ को साउनदेखि जेठ महिनासम्ममा ३८५ वटा उद्योग दर्ता भई २ खर्ब १७ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको छ । दर्ता भएका उक्त  उद्योगहरु सञ्चालनमा आए २६ हजार जनाले रोजगारी पाउने अनुमान छ ।

उद्योग विभागको विवरण अनुसार चालू आवको उक्त अवधिसम्ममा सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । चालू आवमा २०० वटा साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा २८४ वटा उद्योग दर्ता भएका छन् ।

Read More