उद्योगमा दुई खर्ब सत्र अर्ब लगानी प्रस्ताव


  • Himalayan Bank Limited (HBL)
उद्योगमा दुई खर्ब सत्र अर्ब लगानी प्रस्ताव

काठमाडौँ, असार १८ गते । चालु आर्थिक वर्षको ११ महिनामा कुल प्रस्तावित लगानी दुई खर्ब १७ अर्ब रुपियाँ पुगेको छ । 

उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३८५ उद्योग दर्ता भई दुई खर्ब १७ अर्ब लगानी प्रस्ताव आएको हो । ती उद्योग सञ्चालनमा आए २६ हजार जनाले रोजगारी पाउने अनुमान गरिएको छ । 

११ महिनामा सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । चालु आवमा दुई सय साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा २८४ वटा उद्योग दर्ता भएका छन् । यस्तै ८५ वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा ११ महिनामा ५० वटा दर्ता भएका छन् । यस्तै ८० वटा ठुला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा ११ महिनामा ५० वटा दर्ता भएका छन् । 

Read More