धितोपत्र बोर्ड अध्यक्ष छान्न पुरानै सदस्य रहने गरी बन्यो नयाँ समिति


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्ड अध्यक्ष छान्न पुरानै सदस्य रहने गरी बन्यो नयाँ समिति

छ महिनाअघि सुरू भएको धितोपत्र बोर्ड अध्यक्ष छनौट प्रक्रिया बीचमै रद्द भएपछि सरकारले नयाँ छनौट समिति गठन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पुरानै सदस्य रहने गरी नयाँ समिति गठन गरेको हो।

बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ। समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला छन्। माघ ५ गते सुरू भएको अध्यक्ष छनौट प्रक्रिया अर्थ मन्त्रालयले गत शुक्रबार रद्द गरेको थियो।

Read More