सरकार परिवर्तन सहमतिले सेयर बजारमा लाग्यो सर्किट ब्रेक


  • Himalayan Bank Limited (HBL)
सरकार परिवर्तन सहमतिले सेयर बजारमा लाग्यो सर्किट ब्रेक

१८ असार, काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक (४ प्रतिशत) बढेको छ । पहिलो सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ । २१६ कम्पनीको मूल्य बढेको छ भने एउटाको घटेको र दुईको स्थिर छ ।

Read More