‘लगानी सहजीकरणसम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेको विधेयक प्रतिनिधिसभाको सोमबारको बैठकले बहुमतले पारित गरेको हो ।
प्रतिनिधिसभाको सोमबारको बैठकले ‘जलस्रोत विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उक्त प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेका थिए ।
त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले पेस गरेको ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि पारित भएको छ ।


