काठमाडौं : पछिल्लो समय हरेक वित्तीय कारोबारमा कडाइ भएसँगै शंकास्पद कारोबारको मात्रा पनि बढेको छ। वित्तीय संस्थाहरूबाट वर्षमै ४० अर्ब रुपैयाँ बराबरको रकम शंकास्पद भेटिएको छ।
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको शंकास्पद कारोबारको विवरणअनुसार वि.सं २०७९ पुस १७ गतेदेखि २०८० पुस १५ गतेसम्म (सन् २०२३)मा वित्तीय कारोबार गर्ने संस्थामा उक्त रकम शंकास्पद रूपमा रहेको छ। यो शंकास्पद रकम बैंक तथा वित्तीय संस्था, धितोपत्र दलाल कम्पनीहरू, रेमिट्यान्स कम्पनी, जीवन बिमा कम्पनी, सहकारी, मर्चेन्ट बैंकर लगायतका वित्तीय संस्थामा भएको कारोबारबाट भेटिएको हो।



