काठमाडौं । मेरो सेयर र डिम्याट खाता नवीकरण ईसेवा एपबाट सजिलै गर्न सकिने भएको छ ।
मेरो सेयर डिम्याट खाता नवीकरण गर्न ईसेवा एपभित्र रहेको फाइनान्सियल पेमेन्ट्सभित्र रहेको मेरोसेयर र डिम्याट अप्सनमा जानु पर्ने हुन्छ ।
त्यसपछि आफ्नो निक्षेप सदस्य (डीपी) छानेर क्लाइन्ट आईडीमा बीओअईडीको अन्तिम ८ अंक राखेपछि नवीकरण गर्न चाहेको मेरोसेयर अथवा डिम्याट अथवा दुवै छानेर भुक्तानी गर्न सकिनेछ ।



