धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द विरुद्ध सन्तोषनारायण श्रेष्ठद्धारा सर्वोच्चमा रिट


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द विरुद्ध सन्तोषनारायण श्रेष्ठद्धारा सर्वोच्चमा रिट

काठमाडौं  : नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रद्दको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । अध्यक्षका प्रत्यासी सन्तोषनारायण श्रेष्ठले सोमबार अदालतमा रिट हालेका हुन् । उक्त रिटको मंगलबारका लागि पेशी तोकिएको छ ।

समितिले छनौट प्रक्रिया रद्द गर्नु कानुनसम्मत नभएकाले त्यसलाई यथास्थानमा रहन दिई प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै रिट दर्ता गरेको श्रेष्ठले नेपाली पैसालाई बताए । ‘सिफारिस समितिलाई प्रक्रिया रद्द गर्ने अधिकार छैन’ उनले भने, ‘यसकारण उक्त प्रक्रिया रद्दको विरोधमा रिट दर्ता गरेको हो ।’

Read More