बुटवल । रुपन्देहीको कोटीहवामा रहेको पशुपति दुग्ध उत्पादक सहकारीमा पछिल्लो समय सदस्य किसानको सङ्ख्या घट्दै गएको छ । २०४८ सालमा दर्ता भएको सो सहकारीमा कुनै बेला एक हजार ८ सयभन्दा धेरै दुग्ध उत्पादक किसान आबद्ध रहेकोमा अहिले करिब १ हजारमात्र सदस्य छन् ।
कोटीहवा क्षेत्रका किसानहरू दुग्ध उत्पादनबाट बिस्तारै पलायन हुने अवस्था आएसँगै सहकारीका सदस्य घटेका हुन् । किसानहरूले समयमा दुधको भुक्तानी नपाउने, पाए पनि लागत उठ्न नसकेपछि पलायन हुन थालेको पशुपालक स्थानीय कृषक रामचन्द्र गुप्ताले रातोपाटीलाई बताए ।



