सहकारी ठगी प्रकरणः प्रहरी पक्राउ गर्दै, छानबिन समिति छलफलमै


  • Himalayan Bank Limited (HBL)
सहकारी ठगी प्रकरणः प्रहरी पक्राउ गर्दै, छानबिन समिति छलफलमै

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिले छानबिन प्रक्रिया शुरु गरेको एक महिना भन्दा बढी भयो । 

नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिले अहिलेसम्म कागजात जुटाउने कार्य नै जारी राखेको छ । २९ वटा सहकारीको छानबिन गर्ने जिम्मा पाएको यो समितिले २० वटा सहकारीको कागजात झिकाउने निर्णय गरेको छ । 

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको आइतबार बसेको सातौं बैठकले समस्याग्रस्त २० वटा सहकारीको कागजात झिकाउने निर्णय ग¥यो । समितिले यसअघि ९ वटा सहकारीको कागजात झिकाउने निर्णय गरेको थियो । 

Read More