६० किलो सुन प्रकरणः दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो माग्दै सिआइबीले बुझायो प्रतिवेदन


  • Himalayan Bank Limited (HBL)
६० किलो सुन प्रकरणः दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो माग्दै सिआइबीले बुझायो प्रतिवेदन

६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ। 

सिआइबीले आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ। 

६० किलो सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानबाट सिआइबीले २० जनालाई पक्राउ गरेको छ। 

प्रहरीको उच्च स्रोतका अनुसार २६ जना अझै फरार छन्। 

सिआइबीले पक्राउ परेका २० र फरार रहेका २६ गरी ४६ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको छ। 

Read More