त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष साउन २ गते बरामद भएको ६०.७१६ केजी सुन तस्करीमा करिब एक खर्ब रुपैयाँ कारोबार देखिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले पछिल्लो पटक गरेको पूरक अनुसन्धानबाट करिब एक खर्ब बराबर कारोबार भएको जनाएको छ। यो सम्बन्धमा केही बेरमा सिआइबीले पत्रकार सम्मेलन गरेर जानकारी दिन लागेको छ।
सिआइबीका अनुसार तस्करीको गिरोहले ९५ अर्ब रुपैयाँ भुक्तानी गरेको भौचर नै फेला परेको र अन्य रकम पनि अवैध माध्यमबाट कारोबार भएको जनाएको छ। उनीहरूले रकम ‘पे–वेल’ र ‘सजिलो–पे’को ‘गेट–वे’मार्फत भुक्तानी गरेर सो कारोबार गरेका हुन्।


