पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्दै गएको छ। यस्तो कर्जा व्यवस्थापनका लागि 'ब्याड बैंक' को अवधारणा आइरहेको छ। यसलाई सम्पत्ति व्यवस्थापन कम्पनी भनेर पनि चिनिन्छ।
राष्ट्र बैंकले नै यस्तो बैंक स्थापनाका लागि आवश्यक पर्दा नीति बनाउन सक्ने बताएको छ। केही समयअघि काठमाडौंमा भएको एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले यसका लागि आवश्यक नीतिको मस्यौदा तयार गर्न सकिने बताएका थिए।
तर ब्याड बैंक नै खोल्नुपर्ने गरी बैंकहरूको धेरै कर्जामा समस्या नआइसकेको सम्बन्धित जानकारहरू बताउँछन्।



