सडक बत्तीको बक्यौता तिर्न पालिकालाई ताकेता


  • Himalayan Bank Limited (HBL)
सडक बत्तीको बक्यौता तिर्न पालिकालाई ताकेता

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता तिर्न पालिकाहरूलाई ताकेता गरेको छ । तर कुन महिना कतिको बिल तिर्नुपर्ने हो भन्ने प्राधिकरणले यकिन गरी नपठाएको भन्दै पालिकाहरूले एक रुपैयाँ पनि नतिर्ने चेतावनी दिएका छन् । प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार ६० महिनामसम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी ४५ दिनको सार्वजनिक सूचना जारी गर्ने निर्णयअनुसार आइतबार सूचना जारी गरेको छ । 

प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, ‘नेपाल विद्युत् प्राधिकरणको विद्युतीय संरचनामा सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुरसहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिनामसम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन र किस्ताबन्दीको सुविधा लिन अनुरोध गरिन्छ ।’

Read More