घरजग्गा कर्जा र कारोबार बढ्यो


  • Himalayan Bank Limited (HBL)
घरजग्गा कर्जा र कारोबार बढ्यो

काठमाडौं : सहकारी, बैंक तथा वित्तीय संस्थाको अधिकांश कर्जा घरजग्गा कारोबारमा लगानी भएको छ। यो क्षेत्रमा ठूलो लगानी थुप्रिए पनि किनबेच भने प्रायः ठप्प थियो। त्यसैकारण, समग्र अर्थतन्त्रको चेननै भंग भएको जानकारहरू बताउँछन्। तर, राष्ट्र बैंकले गरेको पछिल्लो अध्ययनले भने सुस्ताएको घरजग्गा कारोबारले क्रमशः गति लिन थालेको देखिएको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जामा राम्रै वृद्धि भएको र घरजग्गा कारोबार पनि बढ्दा आर्थिक गतिविधिलाई थप चलायमान हुन मद्दत गरेको बताउँछन्, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट। लामो समयदेखि घरजग्गा कारोबार नहँुदा अर्थतन्त्रको चेनमा समस्या आएको महसुस भएको उनले बताए। ‘पछिल्लो समय घरजग्गामा जाने कर्जा बढेको र यसले गतिविधि पनि बढ्ने संकेत देखिन्छ,’ भट्टले भने, ‘तर अर्थतन्त्र पूर्णरूपमा चलायमान हुन घरजग्गा मात्रैको कारोबार बढेर हुँदैन। यसका लागि सरकारको पुँजीगत खर्च, ठूला परियोजनाको विकास खर्च पनि बढ्नुपर्ने हुन्छ।’

Read More