नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य वृद्धि गरेको छ।
निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको हो। भारतीय आयल निगमले पठाएको मूल्य अनुसार निगमले पेट्रोलमा २ रुपैयाँले र डिजेल ५ रुपैयाँले मूल्य बृद्धि गरेको हो। अब पेट्रोल प्रति लिटर १६७ रुपैयाँ र डिजेल प्रति लिटर १५७ रुपैयाँ कायम भएको छ।



