भारतीय नीतिको मारमा स्वदेशी चामल उद्योग, धान आयात घट्यो, उद्योगको उत्पादन क्षमता उपयोगमा असर


  • Himalayan Bank Limited (HBL)
भारतीय नीतिको मारमा स्वदेशी चामल उद्योग, धान आयात घट्यो, उद्योगको उत्पादन क्षमता उपयोगमा असर

वीरगञ्ज । भारतले धान निर्यातमा लगाएको शुल्कको मारमा स्वदेशी चामल उद्योग परेका छन् । भारतले आफ्नो आन्तरिक बजारमूल्य नियन्त्रणमा राख्न गतवर्षदेखि धानको निर्यातमा २० प्रतिशत निकासी शुल्क लिने नीति लिएको थियो । गतवर्ष भारतले नेपालका लागि धानको कोटा निर्धारण गरी निकासी शुल्क मिनाहा गरेको थियो । यस वर्ष कोटा नपाएपछि भारतबाट धान ल्याएर उद्योग चलाउन नसक्ने स्थिति आएको उद्योगीले बताए । अधिकांश चामल उद्योग क्षमताको न्यून परिमाणमा खुम्चिएको उद्योगीहरूले बताएका छन् । नेपालका चामल उद्योग भारतीय धानको भरमा चल्दै आएका छन् ।

नेपाल चामल दाल तेल उद्योग संघका निवर्तमान अध्यक्ष सुबोधकुमार गुप्ताका अनुसार अहिले स्वदेशी चामल उद्योग क्षमताको १० देखि २० प्रतिशतमा चलेका छन् । भारतले आन्तरिक बजारमा खाद्यान्नको मूल्य नियन्त्रणका लागि खाद्यान्नको निकासीमा बेलाबेलामा नियन्त्रण गर्दै आएको छ । 

Read More