काठमाडौं : प्रविधि क्षेत्रका स्टकहरुमा उछाल आउँदा सन् २०२४ को पहिलो ६ महिनामा विश्व सेयर बजार सूचकांक करिब ११% ले बढेको छ । २३ विकसित र २४ वटा उदीयमान देशहरुको सेयर बजार मापन गर्ने ‘एमएससीआई अल कन्ट्री वर्ल्ड इन्डेक्स’ सन् २०२४ को पहिलो ६ महिना समाप्त हुँदा करिब ११% ले बढेर ८०२ विन्दुमा पुगेको रोयटर्सले उल्लेख गरेको छ ।
सन् २०२४ को पहिलो ६ महिनासम्ममा सेयर बजारलाई अमेरिकी फेडरल रिजर्भको सुस्त नीतिगत परिवर्तन, मर्जर तथा एक्विजिसन र ठूला पुँजीकरण भएका स्टकको र्यालीले प्रभाव पारेको छ । विशेषगरी, ‘म्याग्निफिसेन्ट सेभेन’ भनेर चिनिने माइक्रोसफ्ट, एप्पल, एनभिडिया, अमेजन, मेटा, अल्फाबेट र टेस्लाको सेयर भाउमा समग्रमा ३०% वृद्धि देखिएको छ ।



