दुई वर्षअघिको कुरा हो, भारतीय राजदूत निवास 'इन्डिया हाउस' मा डिनर थियो। राजदूत थिए अहिलेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा।
डिनरमा करिब डेढ दर्जन सम्पादक आमन्त्रित थिए। म केही मिनेट ढिलो पुगेको थिएँ। हात बढाउँदै भनेँ, 'योर एक्सिलेन्सी, आई एम अमित ढकाल, ह्वी ह्याभन्ट मेट।' (महामहिम, म अमित ढकाल। तपाईं र मेरो भेट भएको छैन।)
उनले पनि हात बढाए र भने, 'आई नो यू दो, यू ह्याभ बिन जेनेरेटिङ अ लट अफ हिट।' (तर म तपाईंलाई चिन्छु, तपाईंले धेरै नै 'ताप' उत्पन्न गरिराख्नुभएको छ।)
मैले तुरून्तै थपेँ, 'आई टेक ड्याट एज अ कम्प्लिमेन्ट' (म यसलाई प्रशंसाका रूपमा लिन्छु।)



