श्रमाधान रोजगार मेलामा रोजगारीका लागि झण्डै १८ हजारले दिए आवेदन


  • Himalayan Bank Limited (HBL)
श्रमाधान रोजगार मेलामा रोजगारीका लागि झण्डै १८ हजारले दिए आवेदन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको  ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । गत जेठ १७ गतेदेखि ३० गतेसम्म सात वटै प्रदेशमा आयोजना गरिएको श्रमाधान रोजगार मेलामार्फत उनीहरूले रोजगारीका लागि आवेदन दिएका हुन् ।

मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तथ्याङ्क सार्वजनिक गरेको हो । मन्त्रालयका सह सचिव एवम् प्रवक्ता गोविन्दप्रसाद रिजालले ४१ हजार ३२५ जनाले मेलाको अवलोकन गरेको बताए । त्यस्तै, रोजगारदाताबाट १४ हजार ७८८ श्रमिकको माग भएको छ । मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्र सहितका ३२२ वटा स्टल राखिएको प्रवक्ता रिजालले बताए ।

Read More