अनलाइनबाटै यसरी गर्नुहोस् डिम्याट खाता नवीकरण


  • Himalayan Bank Limited (HBL)
अनलाइनबाटै यसरी गर्नुहोस् डिम्याट खाता नवीकरण

१६ असार, काठमाडौं । असार मसान्तभित्र डिम्याट खाता नवीकरण नगरे रोक्का हुने भएको छ । निक्षेप सदस्यहरू (डीपी)ले डिम्याट खाता नवीकरण गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेका छन् । हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

असार मसान्तसम्म नवीकरण नभएमा डिम्याट खाता रोक्का हुन जान्छ,  भएको सेयर बेच्न पाइँदैन भने नयाँ सेयर खरिद गर्न पनि मिल्दैन । डिम्याट खाता नवीकरणवापत प्रत्येक वर्ष १ सय रुपैयाँ र मेरो सेयर नवीकरणवापत ५० रुपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्दछ ।

कतिपय निक्षेप सदस्यले निश्चित रकम पहिले नै भुक्तानी गरेपछि आजीवन डिम्याट खाता नवीकरण गर्नु नपर्ने प्याकेज पनि उपलब्ध गराएका छन् । यस्तो प्याकेज लिएकाहरूले डिम्याट खाता नवीकरण गरिरहनु पर्दैन । ...

Read More