भारतका वाणिज्य बैंकहरुको खराब कर्जा १२ वर्षयताकै न्यून विन्दुमा, सम्पति र इक्विटीमा प्रतिफल १० वर्षयताकै उच्च विन्दु नजिक


  • Himalayan Bank Limited (HBL)
भारतका वाणिज्य बैंकहरुको खराब कर्जा १२ वर्षयताकै न्यून विन्दुमा, सम्पति र इक्विटीमा प्रतिफल १० वर्षयताकै उच्च विन्दु नजिक

काठमाडौं : भारतीय वाणिज्य बैंकहरुको खराब कर्जा १२ वर्षयताकै न्यून विन्दुमा झरेको छ । मार्च महिनाको अन्त्यसम्ममा वाणिज्य बैंकहरुको कुल खराब कर्जा (एनपीए) १२ वर्षयताकै न्यून अर्थात २.८% मा सीमित भएको भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को वित्तीय स्थायित्व प्रतिवेदनले देखाएको छ । 

यता, वाणिज्य बैंकहरुको खुद खराब कर्जा अनुपात पनि घटेर ०.६% मा सीमित भएको आरबीआईको रिपोर्टलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ । भारतका वाणिज्य बैंकहरु बढ्दो नाफा र घट्दो खराब कर्जाका कारण बलियो हुँदै गएको आरबीआईले उल्लेख गरेको छ । यता, वाणिज्य बैंकहरुको सम्पतिमा प्रतिफल (आरओए) र इक्विटीमा प्रतिफल (आरओई) पनि १० वर्षयताकै उच्च विन्दु नजिक पुगेको छ ।

Read More