मोबाइलमा बैंक : कारोबारको फेरिँदो रूप


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मोबाइलमा बैंक : कारोबारको फेरिँदो रूप

काठमाडौं : नगद बोक्दा हुने जोखिमलाई कम गर्न प्लास्टिक मनी अर्थात् एटीएम कार्डको आविष्कार भयो। एटीएमको आविष्कार कारोबार दुनियाँका लागि एउटा ठूलो उपलब्धि थियो। जसले क्यासलेस कारोबारको सम्भावनालाई प्रस्फुटन गरिदियो।

खल्तीमा नगद बोक्नुका सट्टा एउटा सानो प्लास्टिकको टुक्रो बोक्दा हुने सुरक्षा र सहजतालाई उक्त समयमा क्रान्तिको रूपमा हेरियो। अब त्यही कार्ड पनि बोक्नु नपर्ने भएको छ। प्रविधिमा भइरहेको विकासले प्लास्टिकका कार्ड पनि विस्तारै विस्थापित हुँदै गएका छन्। अब त कतै एटीएम नै विस्थापित हुने त होइन भन्ने अवस्थामा हामी छौं। कार्डको स्थान लिएको छ हाते मोबाइलले। मोबाइल बैंकिङ, मोबाइल वालेट अथवा मोबाइल मनी जे भनौं। यो आजको दिनमा उदाएको कारोबार शैलीका माध्यम हुन्।

 

Read More
  • MBL - below news