सबै प्रकारका बीमा कारोबारमा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न प्राधिकरणको निर्देशन


  • Himalayan Bank Limited (HBL)
सबै प्रकारका बीमा कारोबारमा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणले सबै प्रकारको बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न बीमकहरुलाई निर्देशन दिएको छ ।

शुक्रबार प्राधिकरणले आगामी माघ १ गतेदेखि लागू हुने गरि सबै प्रकारका बीमा कारोबारमा  राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न पनि परिपत्र मार्फत् निर्देशन दिएको छ ।  

प्राधिकरणले नयाँ बीमालेख, बीमालेखको नवीकरण, बीमालेख ऋण, बीमालेख समर्पण, बीमा दाबी भुक्तानीलगायत सबै किसिमका बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न पनि निर्देशन दिएको छ ।  त्यसैगरी, प्राधिकरणले बीमा मध्यस्तकर्ताको दर्ता तथा नवीकरणका साथै सेवासुविधा भुक्तानीमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न भनेको छ ।

Read More